तपाईँ सुन्दै हुनुहुन्छः

‘संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा राम्रो कुनै शासन व्यवस्था छैन’

जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले विश्वमा संघीय लोकतान्त्रिक व्यवस्था भन्दा अरू कुनै शासन व्यवस्था नभएको बताउनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री निधिले श्री धर्म संस्था जनकपुरधामद्वारा २०७९ सालको एस ई ई परीक्षामा मधेश प्रदेशका ६ जिल्लाका सामुदायिक विद्यालय तर्फ सर्वोत्कृष्ट अङ्क ल्याउने छात्र छात्राहरूलाई भैरव साह लक्ष्मीनिया देवी छात्रवृत्ति आज जनकपुरधाममा छात्रवृत्ति वितरण गर्दै संघीय शासन प्रणालीलाई सुदृढ बनाउँदै यसमा भएको कमी कमजोरीलाई परिमार्जन गरेर बढ्न सकिने बताउनुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउनका लागि प्रहरी तथा निजामती ऐनलाई चाँडो भन्दा चाँडो ल्याएर प्रहरी तथा कर्मचारी समायोजन गरि संविधानले प्रदान गरेको अधिकार दिनमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा तथा सप्तरी जिल्लाका सामुदायिक विद्यालय तर्फ जिल्ला नै सबैभन्दा बढी जिपिए ल्याएर प्रथम, द्वितीय र तृतीय हुने छात्र छात्रालाई क्रमशः २५ हजार, २२ हजार तथा २० हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button