तपाईँ सुन्दै हुनुहुन्छः

१४औँ क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता मङ्सिर २७ गतेदेखि सञ्चालन हुने

बाँके । बाँकेको कोहलपुर नगरपालिका-२ तेह्र विगाहमा ‘१४औँ क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८०’ सुरु हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले यही मङ्सिर २७ देखि २९ गतेसम्म १४औँ क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सुरु हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै क्रिसा बाँकेका अध्यक्ष वेग प्रकाश चन्दले यही मङ्सिर २७ देखि २९ गतेसम्म १४औँ क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सुरु हुने जानकारी दिनुभएको हो।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका ४७ वटा संस्थागत विद्यालयहरू आबद्ध भएको क्रिसा बाँकेले ३ तह (१-५, ६-८ र ९-१२) मा खेलकुद प्रतियोगिता गर्न लागेको क्रिसा बाँकेका अध्यक्ष चन्दले बताउनुभयो । (१-५, ६-८ र ९-१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा हुनेछ ।

चन्दका अनुसार प्रतियोगिताबाट बालबालिकाको सिर्जनात्मक कला र क्षमताको विकाससँगै क्षमतावान् खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षाले प्रतियोगिता सुरु गर्ने लागेको बताउनुभयो । २०६५ सालमा स्थापना भएको क्रिसा बाँकेले विगतदेखि संस्थागत विद्यालयहरूको हकहितका पक्षमा वकालत गर्दै आएको छ ।

१४औँ क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा ८ विधामा प्रतियोगिता हुने क्रिसा बाँकेका सदस्य नारायणी पङ्गेनीले बताउनुभयो। पङ्गेनीका अनुसार १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ४ ह १ सय मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रति विद्यामा छात्र/छात्रा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने पङ्गेनीले बताउनुभयो ।

टिम दर्ता तथा विद्यालय सहभागिताका लागि १८ गतेको बैठकले टुङ्गाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button