तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहबाट वडाध्यक्षको घरमा आगजनी

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अज्ञात समूहले शनिबार राती आगजनी गरेको प्रहरीले जनाएको छ । 

आगजनीबाट घरमा भएका लत्ताकपडा जलेका छन् । राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा भेला गरेर आगो लगाइएको गुरागाईँले बताउनु भयो । 

सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उहाँले बताउनु भयो । 

कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो । आगलागीबाट लुगाकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button