तपाईँ सुन्दै हुनुहुन्छः

किरात गोल्डकपमा आयोजकको विजयी सुरुवात

पाँचथर । पाँचथरको फिदिममा आज बाट सुरु भएको प्रथम वाइवाइ अन्तर्राष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विजयी भएको छ ।

मितेरी फुटबल क्लब तेह्रथुमलाई २–० गोल अन्तरले पाखा लगाउँदै आयोजक पाँचथर फुटबल क्लबले खेल जितेको हो । आयोजकका शुक्रराज राईले खेलको ४३ औँ मिनेट र विशाल भण्डारीले ६० औँ मिनेटमा गोल गरेका थिए । २ जना विदेशी खेलाडीसहित उत्रिएको तेह्रथुमले गोल गर्न पाएको अवसर गुमाउँदा प्रतियोगिता बाट बाहिरिएको छ ।

पाँचथर फुटबल क्लबको आयोजनामा मङ्सिर १५ देखि २३ सम्म हुने प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।

मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा ए डिभिजनका २ क्लबसहित ८ टिम सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button