तपाईँ सुन्दै हुनुहुन्छः

पुरुषतर्फ एलेक्से र महिलातर्फ उता आसाकुरालाई उपाधि

कास्की । कास्की जिल्ला टेनिस सङ्घद्वारा पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स सिङ्गलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् ।

त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६–४ र सुपर टाईमा ६–० ले पराजित गर्दै उपाधि आफ्नो नाम गराएकी हुन् ।

पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १–६, ६–४ र सुपर टाईमा १०–५ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६–२, ६–१ को सटेमा पराजित गर्दै प्रथम हुन सफल भए ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले मेडल प्रदान गरे ।

यसैबिच प्रतियोगिताको दोस्रो सर्किट आगामी सोमबारदेखि शुरु गरिने टुर्नामेण्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button