तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा कटुवा पेस्तोल सहित एकजना पक्राउ

धनुषा ।  कटुवा पेस्तोलसहित धनुषामा शुक्रवार साँझ एकजना पक्राउ परेका छन्  । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नं. ८ ठिल्ला टोल बस्ने  वर्ष ५१ का रामईश्वर ठाकुर रहेको प्रहरीले जनाएको छ ।

ठाकुरले आफ्नै श्रीमती वर्ष ५० की रामकाशी देवी ठाकुरलाई कुटपिट गरी हतियार देखाई ज्यान मार्ने धम्की दिने लगायतका क्रियाकलाप गरिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सबैलाबाट खटेको टोलीले  ठाकुरको घर खानतलासी गर्दा हतियार सहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीले चालु अवस्थामा रहेको ९ इन्च लम्बाई भएको कटुवा पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको को जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button