तपाईँ सुन्दै हुनुहुन्छः

इलामको सूर्योदय नगरपालिकामा विज्ञान तथा गणित प्रदर्शनी 

इलाम । इलामको सूर्योदय नगरपालिकाले विज्ञान तथा गणित प्रदर्शनी एवं प्रतियोगिता सुरु गरेको छ ।

सूर्योदय नगरपालिका ७ कन्याममा भएको पर्दशनीमा निमावि र मावि तहका विज्ञान तथा गणितका सामाग्रीहरू प्रदर्शनीमा राखिएको छ । 

प्रदर्शनीमा २२ वटा विद्यालयका विद्यार्थीहरूले तयार पारेका ३ सय वटा सामाग्रीहरू अवलोकनका लागि राखिएको छ । २-२ वटा विद्या र नव प्रवर्द्धनात्मक १ ÷१ र खोजमूलक सामाग्रीहरूको १ गरि ७ विद्यामा प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार १५ हजार र १० हजारले पुरस्कृत गरिने गरी प्रतियोगितात्मक प्रदर्शनीमा विद्यार्थीहरूले आफूले तयार पारेका विज्ञान तथा गणितका सामाग्रीहरू निक्कै उत्साहका साथ प्रदर्शन गरिरहेका छन् । । प्रदर्शनीको मुल्याङकन गर्न ३ जनाको विज्ञको टोली रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधी भट्टराइले जानकारी दिनुभयो ।

विद्यार्थीहरूले इको सिस्टम सोलर सिस्टम आकाशे पानी सङ्कलन ट्राफिक व्यवस्थापनको लागि अत्याधुनिक सेन्सर सिस्टम शौर्य मण्डल ग्रह सम्बन्धी र गणितका विभिन्न रोचक र तथ्यपरक सामाग्री आगन्तुक माझ प्रस्तुत गरिरहेका छन् । 

नगर प्रमुख रण बहादुर राईले विद्यार्थीहरूले गत साल भन्दा पनि उकृष्ट प्रदर्शनी प्रदर्शन गरेको बताउनुभयो । उहाँले सिकाइमा अझै सहजता ल्याउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button