तपाईँ सुन्दै हुनुहुन्छः

घरैमा पुगेर नागरिकता वितरण

धनकुटा । मानसिक सन्तुलन ठिक नभएर हिँडडुल गर्न नसक्ने सहिदभूमि गाउँपालिका–४ खोकुका ४७ वर्षीय बाबुराम राईलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । 

मानसिक सन्तुलन ठिक नभएर समस्या रहेको बाबुरामलाई प्रशासनले घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अङ्कित मंग्रातीको टोलीले बाबुरामलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । बाबुरामलाई सहिदभूमि गाउँपालिकामा सञ्चालित न्यायमा पहुँच कार्यक्रमको पहलमा नागरिकता प्रदान गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button