तपाईँ सुन्दै हुनुहुन्छः

चुरेको विनाशले मानव जीवन सङ्कटमा : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले धार्मिक सद्भाव सहितको राष्ट्रिय एकतामा हिँड्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।

जनकपुरधामको वडा नंं १४ मुजेलियाको सोहनीमा शुरु भएको शिवशक्ति महायज्ञको आज उद्घाटन गर्दै उहाँले यस्ता महायज्ञले धार्मिक तथा सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अन्न र जलको भण्डारको रुपमा रहेको मधेश प्रदेश सहित देशमा नै ठूलो मात्रामा विदेशबाट खाद्यान्न आयात हुनु चिन्ताको विषय भएको बताउनुभयो ।

पूर्व राष्ट्रपति डा. यादवले चुरेको विनाश नरोकिए मुलुकमा थप जलको समस्या आउने बताउँदै ग्लोबल वार्मिङका कारण हिमाल पग्लन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

९ दिनसम्म चल्ने महायज्ञमा शिवपुराणको वाचन, प्रवचन, शिव लिला सहितको धार्मिक कार्यक्रम रहेको समितिका सचिव रामविलाश धनकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button