तपाईँ सुन्दै हुनुहुन्छः

एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा “टेक्नोरियन नेपाल 2023” आयोजना हुने

काठमाडौँ । काठमाडौँमा स्थित एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा “टेक्नोरियन नेपाल 2023” आयोजना हुने भएको छ। 

यस कार्यक्रमको आयोजना इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आई आई टी) बम्बईको टेकफेस्ट (Techfest IIT Bombay) को क्षेत्रीय छनोटको रूपमा गरिएको हो । कार्यक्रम नोभेम्बर 30 र डिसेम्बर 1 मा हुनेछ जसमा एड्भान्स रोबोटिक्स क्लब (एआरसी) को पहिलो दिनमा चार प्रमुख कार्यक्रमहरू (कज्मो क्लेन्च, मेस्मराइज, कोडडिकोड र टेकफेस्ट ओलम्पियाड) हुनेछन् । 

डिसेम्बर 27 देखि 29 सम्म हुने टेकफेस्ट ग्रान्ड फिनालेमा उक्त कार्यक्रमहरूमा शीर्ष दुई टोलीले प्रवेश पाउँछन् । यस अवसरमा टेक्नोरियन नेपाल 2023 मा रोबोट रेस, लाइन फलोअर्स रेस, प्रोजेक्ट डेमोस्ट्रेसन, र अन्य गतिविधिहरू गरिनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button