तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभाको बैठक डेढ महिनापछि आज 

जनकपुरधाम । मधेश प्रदेशको प्रदेश सभाको बैठक लामो समयपछि आज देखि शुरु भएको छ । विभिन्न चाडपर्वपछि आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

गत असोज महिनाको २९ गते बैठक शुरु हुने वित्तिक्कै नेकपा एमालेका उपनेता दिपेन्द्र ठाकुरले सुशासन सहितको माग गर्दै बैठक अवरुद्ध गरेपछि प्रदेश सभाले अर्को सूचना नहुन्जेलसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेश सभाले करिब डेढ महिना भन्दा बढी समयपछि तेस्रो बैठकका लागि सूचना जारी गरेको छ । 

अहिले मधेश प्रदेश सभाको दोस्रो अधिवेशन चलिरहेको छ । दोस्रो अधिवेशनमा यस अघि दुई वटा बैठक मात्र भएको र तेस्रो बैठकको रुपमा आज बस्न थालेको छ । आजको बैठकको कार्यसूची तय भएको छैन ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button