तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डल अस्ट्रेलिया जाँदै

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन गर्न आज राति अस्ट्रेलिया जाँदै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो ।

युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नुहुनेछ । उक्त टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button