तपाईँ सुन्दै हुनुहुन्छः

१५ करोडको लागतमा कानुनी व्यवसायीद्वारा कृषि फर्म सञ्चालन

विराटनगर । मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा गाउवेनी कृषि फर्म सञ्चालनमा आएको छ ।

विराटनगरका कानुनी व्यवसायीहरूले करिब १५ करोडको लागतमा फर्म सञ्चालनमा ल्याएका हुन ।

फर्मको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उद्घाटन गर्नुभयो । लोप हुँदै गएको मौलिक संस्कृतिको जगेर्ना गर्दै नेपालका ७७ जिल्लाका रैथाने संस्कृतिलाई जोडने गरी कृषि फर्म सञ्चालनमा ल्याइएको फर्मका सञ्चालक भरतबहादुर थापाले बताउनुभयो ।

कृषिलाई आधार मानेर आठ बिघा क्षेत्रफलमा फैलिएको सो फर्ममा माछापालन, पशुपालन, वोटानकल गार्डेन, कृषि उत्पादन साथै परम्परागत कृषि प्रणालीसँग जोडिएको ढिकी, जाँतो हलो, गाडा कुटो कोदालो सहितको एग्रो म्युजियम सञ्चालनमा ल्याउने गरी फर्ममा तयारी गरिएको सञ्चालक थापाले बताउनुभयो ।

पर्यटकहरूका लागि कृषिसम्बन्धी ज्ञान पोखरीमा बोटको व्यवस्था तथा त्यहाँ उत्पादित माछा लगायत विभिन्न प्रकारका मौलिक खानपानसँगै बसोबासको समेत फर्ममा व्यवस्था मिलाइएको अर्का सञ्चालक पुनम गुप्ताले बताउनुभयो । आठ बिघामा फैलिएको सो फर्मलाई चाँडै १२ बिघामा विस्तार गरिने उहाँको भनाई छ ।

अर्का सञ्चालक हेमराज पन्तले विराटनगरबाट ४ किलोमिटर पूर्व उत्तरमा सञ्चालनमा ल्याइएको कृषि फर्म नेपालकै लागि नमुना फर्म भएको दाबी गर्नुभयो । फर्म पूर्ण रुपमा सञ्चालनमा आएपछि डेढ सय बढीले रोजगारी पाउने उहाँको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button