तपाईँ सुन्दै हुनुहुन्छः

युवासंघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको काठमाडौँमा शक्ति प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतको नेतृत्वमा युवासंघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेका छन् ।

युवासंघका लागि  तीनकुनेमा र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहका लागि  बल्खु प्रदर्शन क्षेत्र तोकिएको छ ।

दुई पक्षको प्रदर्शनमा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले छुट्टा छुट्टै प्रदर्शन क्षेत्र तोकेको थियो  । 

प्रदर्शन स्थल फरक भए पनि दुवै पक्षको र्‍यालीको जमघट हुँदा  काठमाडौँको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ ।

कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा सङ्घको बाइक र्‍यालीमाथि बल्खु चोकमा दुर्गा प्रसाईँको समूहले ढुङ्गा प्रहार गरेपछि तोडफोड भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि अहिले अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button