तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा बोरामा बाँधेर फालेको अवस्थामा महिला र पुरुषको शव फेला

चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता विजयराज पण्डितले हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको जानकारी दिनुभयो ।

दुवै जनाको अनुहारमा चोट भएका कारण हालसम्म शवको पहिचान गर्न सकिएको छैन । दुवै जनाको हातखुट्टा एकै ठाउँमा बाँधेर राखिएको अवस्थामा रहेको पण्डितले बताउनु भयो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button