तपाईँ सुन्दै हुनुहुन्छः

कात्तिकमा मात्र २४ हजार ४ सय बढी विदेशी पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्रमा

पोखरा । कात्तिक महिनामा मात्र २४ हजार ४ सयभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गरेका छन् । कार्तिक महिनामा पदयात्रामा जाने पर्यटकहरू बढी हुने गर्दछन् । कात्तिक महिनामा २४ हजार ४ सयभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

पर्यटकीय सिजनको हिसाबले उपयुक्त मानिने कार्तिक महिनामा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानी, सिक्लेस तथा कपुचे ताल लगायत अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यी पर्यटकीय गन्तव्य स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्ने स्वदेशी पर्यटकहरूको सङ्ख्या पनि धेरै रहेको छ ।

कोरोना भाइरसको महामारीताका सुस्ताएको पर्यटन बिस्तारै पुरानै लय फर्किन थालेपछि पर्यटन व्यवसायीहरू पनि हर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button