तपाईँ सुन्दै हुनुहुन्छः

भारत सरकारले भूकम्प प्रभावितका लागि अत्यावश्यक औषधि पठायो

नेपालगन्ज । भूकम्प प्रभावित जिल्लाहरूका लागि भारत सरकारले एक ट्रक अत्यावश्यक औषधि पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्ज ल्याइएको औषधि आज बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले औषधि हस्तान्तरण गर्नुभएको हो । 

भारत सरकारले ४० प्रकारको १३३ कार्टुन अत्यावश्यक औषधि पठाएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रभावित जिल्लाहरूबाट आएको माग अनुसार तत्काल औषधि पठाउन सुरु गर्ने बताउनुभयो । भारत सरकारले पठाएको एक ट्रक औषधि ४ हजार ५२६ किलो छ ।  

यसअघि भारत सरकारले तीन लटमा गरेर ठूलो टेन्ट १०८ पिस, टेन्टको फिटिङ ६१ पिस, सानो टेन्ट १२५ पिस, सो टेन्टको फिटिङ ६० पिस, तारपोलियन त्रिपाल ६२५ पिस, स्लिपिङ ब्याग पाँच हजार १२ पिस र कम्बल ५ हजार ३० थान पठाइसकेको छ । ती सबै राहत सामग्रीलाई तत्कालै जाजरकोट र पश्चिम रुकुम पठाइएको  थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button