तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौँरी देउराली गाउँपालिका ६ अन्तर्गतको लोकमार्गस्थित बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नंको मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब ७५–८० मिटर तल बोक्से काभ्रे पाखामा खस्दा चालक गम्भीर घाइते छन् भने पछाडि बस्ने महिलाको मृत्यु भएको छ ।

चालक ४८ वर्षका डिल्लीप्रसाद चौलागाईको आँखामाथि र टाउकामा चोट लागेको छ भने पछाडि सवार उनकै श्रीमती ४५ वर्षकी गोमा चौलागाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button