तपाईँ सुन्दै हुनुहुन्छः

युरोपेली सङ्घसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) मा समावेश हुने विषयमा युक्रेनसँग कुराकानी सुरु गर्ने युरोपेली आयोगको सिफारिसको स्वागत गर्नुभएको छ । 

“यो एउटा बलियो र ऐतिहासिक कदम हो जसले युक्रेनलाई सदस्यका रूपमा सुदृढ युरोपेली सङ्घमा सदस्यतालाई मार्ग प्रशस्त गर्दछ”, उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ । 

उहाँले युक्रेनसँग सदस्यतासम्बन्धी वार्ता सुरु गर्ने कि नगर्ने भन्नेबारे किएभले डिसेम्बरमा युरोपेली परिषद्को निर्णयको प्रतीक्षा गरिरहेको बताउनुभयो । आफ्नो देशमा सुधार प्रक्रिया जारी रहेको उहाँको भनाइ थियो । 

यसअघि युरोपेली आयोगले युुरोपेली परिषद्लाई युक्रेनसँग वार्ता गर्न र युक्रेनले केही प्रमुख उपायहरू अपनाएपछि कुराकानीको रूपरेखा अपनाउन सिफारिस गरेको थियो । सन् २०२२ जुनमा युरोपेली सङ्घले युक्रेनलाई सदस्यताका लागि एउटा उम्मेदवारका रूपमा स्वीकार गरेको थियो । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button