तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प पीडितलाई कोशी प्रदेश सरकारले एक करोड सहयोग गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले भूकम्प पीडितको राहत तथा उद्धारका लागि एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मुख्यमन्त्री निवास विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत उपचार, उद्धार तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकबाट आवश्यक मानवीय सहयोग सामाग्री कर्णाली प्रदेश सरकारलाई पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुर्ननिर्माण लगायतका कार्यमा सहयोग पुर्‍याउन कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी एक करोड रुपैयाँ पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

भूकम्प पीडितहरूका लागि कोशी प्रदेश सरकारले आजै एक ट्रक कम्बल, त्रिपाल र म्याटरेस पठाउने तयारी गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button