तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ जनाको मृत्यु

जाजरकोट । जाजरकोट रामिडाँडा बारेकाेटलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा भेरी नगरपालिकामा ३० जना , नलगाड नगरपालिकामा ६ जना र छेडागाड नगरपालिकामा १ जना गरि ३७ जना काे मृत्यु भएको हाे ।

भूकम्पमा परी ४७ जना घाइते भएका हुन् । घाइतेहरूको जाजरकोट जिल्ला अस्पताल खलंगामा उपचार भैईरहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button