तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा अरिङ्गालले चिल्दा एकको मृत्यु एक घाइते

इलाम । इलाममा अरिङ्गालले चिल्दा एक जनाको ज्यान गएको छ । घाँस काट्ने क्रममा रुखमा रहेको अरिङ्गालले चिल्दा इलाम नगरपालिका–१२ साङरुम्बाकामा ३० वर्षीय सन्तोष लिम्बुको ज्यान गएको हो । एक जना घाइते भएका छन् । झापाको बिर्ता सिटी अस्पतालमा उपचार गर्ने क्रममा  माङ्गसेबुङ्ग–३ घर भएका लिम्बु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनी दशैमा भेटघाट गर्न आफन्तको घरमा आएका थिए । 

अरिङ्गालले चिलेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बु घाइते भएका छन् । उनको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । यामबहादुर र उनको ज्वाइँ सन्तोष छिमेकीको बारीमा घाँस काट्न गएका थिए । सोही बेला नजिकैको रुखमा रहेको अरिङ्गालले आक्रमण गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button