तपाईँ सुन्दै हुनुहुन्छः

‘रगतमा हानिकारक लेड (सिसा) को मात्रा बढी’

काठमाडौँ । नेपालमा भएका अनुसन्धानहरूमा रगतमा हानिकारक लेड (सिसा) को मात्रा बढी पाइएको अनुसन्धानकर्ताहरुले बताउनुभएको छ । 

नेपाल विज्ञान पत्रकार मञ्चले आयोजना गरेको मिट द साईन्टीसट् कार्यक्रममा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र शाहले अनुसन्धानमा ६५ प्रतिशत बालबालिकामा ५ माइक्रो ग्राम भन्दा बढी सिसाको मात्रा पाइएको र मधेश प्रदेशको वीरगन्ज औद्योगिक क्षेत्रका बालबालिकामा भने सत प्रतिशत सिसा पाइएको बताउनुभयो । 

निर्देशक शाहले ८४ प्रतिशत आयुर्वेदिक औषधीमा तोकिएको मापदण्ड भन्दा बढी सिसा पाइएको र सरसफाइकर्मी एवं रंगरोगनमा संलग्न हुने पेन्टरहरुमा लेड (सिसा) को बढी जोखिम रहेको बताउनुभयो । 

सौन्दर्य सामग्री, रंगरोगन, खेलौनाहरू, नुडल्स् र केही आयुर्वेदिक औषधिमा विषाक्त सिसाको मात्रा बढी पाइएको निर्देशक शाहले बताउनुभयो ।

लेड (सिसा) को विषबाट बच्नको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह नेपालमा पनि “बाल्यकालमा हुने लेडको विषाक्तता अन्त्य गरौं” भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button