तपाईँ सुन्दै हुनुहुन्छः

पराल बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ सिलाभञ्ज्याङमा पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कुशादेवीबाट नयाँगाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको गाडी दुर्घटना हुँदा कुशादेवीका ४० बर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका–२ का ५० बर्षीय विक्रम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

उनीहरू दुवै जिल्लाको अस्पताल ल्याइपुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बेथानचोक गाउँपालिका वडा नम्बर २ का ४५ बर्षीय शारदा तिमल्सिना घाइते भएकी छन् । उनको टाउको घाँटी र दुवै हात खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button