तपाईँ सुन्दै हुनुहुन्छः

‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक भएको छ ।

डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीत राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गी हेमन्त कान्छा रसाइली, बाँसुरी गोपाल देव, रिदम भरत बुढाथोकीले दिनुभएको छ ।

मुनलाइट इन्टरनेसनल मिडिया प्रालिले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ । नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका हुन् । म्युजिक भिडियोमा उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button