तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा आयोजित रात्रिकालीन दशैं बजारको योगदान महत्वपूर्ण : मुख्यमन्त्री यादव 

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले अर्थतन्त्रलाई चलायमान बनाउन बीरगंज महानगरपालिकाले आयोजना गरेको रात्रि बजार अन्तरगतको दशैं बजारले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ ।

वीरगंज महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, युवा उद्यमी मञ्च, ग्रिनसिटी सामुदायिक केन्द्र, हुमेन क्रिएशन, लगायतका एक दर्जन संघ संस्थाहरूको आयोजनामा वीरगंजमा जारी रात्रि मेलाको गएराति अवलोकन गर्दै मुख्यमन्त्री यादवले विशेष गरी घरेलु उत्पादन, नेपाली हस्तकला, तराई मधेशका लोक प्रिय खाना लगायत दैनिक उपभोग्य वस्तु एकै ठाउँमा सस्तो मूल्यमा उपलब्ध गराउन महानगरपालिकाले आयोजना गरेको रात्रिकालीन दशैं मेला सम्भवतः मुलुकमै पहिलो चोटि आयोजना भएको बताउनुभयो ।

उहाँले रात्रिकालीन दशैं मेलामा उपभोक्तासँगै साना व्यवसायीहरू बाढी लाभान्वित भएको दाबी गर्दै वीरगंज महानगरपालिकाले आयोजना गर्दै आएको रात्रिकालीन बजारले दिनमा व्यस्त उपभोक्ताहरूलाई रातको समयमा शान्तिपूर्ण तरिकाले उपभोग्य सामानको खरिद गर्ने अवसर जुटाएको दाबी गर्नु भयो । 

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रात्रिकालीन मेलालाई महानगरले यस पटक रात्रिकालीन दशैं बजारको रुपमा रूपान्तरण गरेको बताउँदै आगामी दिनमा समेत रात्रिकालीन मेलालाई निरन्तरता दिइने दाबी गर्नुभयो । 

रात्रिकालीन मेलाले साना व्यवसायीहरू बढी लाभान्वित भएको बताउँदै ठूला व्यवसायीले समेत मेलामा आफ्नो उत्पादनको बजारीकरण गर्न महत्वपूर्ण अवसर जुटेको समेत बताउनु भयो । 

रात्रिकालीन बजार तथा दशैं मेलामा वीरगंजका साथै बारा, पर्सा र छिमेकी मुलुक भारतका उपभोक्ताहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button