तपाईँ सुन्दै हुनुहुन्छः

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काभ्रेपलान्चोक । भुवन केसी पुत्र नायक अनमोल केसी काभ्रेको साँगाबाट पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगीको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई मीनभवनस्थित प्रहरी कार्यालयमा राखिएको छ । 

file photo

‘रावायण’ चलचित्रका लागि निर्माता सुप्रिया कटुवालबाट १० लाख रुपैयाँ लिएर काम नगरी ठगी गरेको भन्दै केसीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका सम्बन्धमा प्रहरीले बोलाउँदा पनि उपस्थित नभएपछि पक्राउ पुर्जी लिएरै साँगाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button