तपाईँ सुन्दै हुनुहुन्छः

‘सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न’

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताउनुभएको छ ।

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उहाँले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शी रुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने बताउनुभयो ।

file photo

संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवा सुविधा दिन आग्रह गर्दै उहाँले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महासङ्घको विशेष भूमिकाको अपेक्षा पनि गर्नुभयो ।

कार्यक्रममा सूचनाको हकमा आम नागरिकको पहुँच वृद्धिका सवालमा नागरिक क्षेत्रका संस्थाका प्रमुख र विज्ञबिच छलफल भएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button