तपाईँ सुन्दै हुनुहुन्छः

मोरक्कोमा शक्तिशाली भूकम्प : २९६ जनाको मृत्यु

काठमाडौं। मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९६ पुगेको छ ।

मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुरुमा ३१.११ डिग्री उत्तर अक्षांश र ८.४४ डिग्री पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको बताइएको छ ।

भूकम्पपछि उत्तरी मोरक्कोको फेस सहरका बासिन्दाहरू सम्भावित पराकम्पहरूको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो । तरौडान्ट र माराकेस सहरहरूमा भूकम्पका कारण धेरै घरहरू भत्किएका छन् । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button