तपाईँ सुन्दै हुनुहुन्छः

डा विमललाई विपी साहित्य तथा न्यौपानेलाई विपी प्रजातन्त्र सेनानी सम्मान

काठमाडौँ । विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमल सम्मानित हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले विपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा डा विमललाई सम्मान पत्रसहित पुरस्कृत गर्नुभएको हो ।

जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि उक्त पुरस्कार प्रदान गर्दैआएको छ । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ ।
यस्तै ट्रस्टले प्रदान गर्ने विपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत हुनुभयो । सो पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button