तपाईँ सुन्दै हुनुहुन्छः

फिनल्याण्डका पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद सदस्यबाट राजिनामा

हेलसिन्की। गत अप्रिलमा निर्वाचनमा पराजीत सोसल डेमोक्र््याट्स पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको सल्लाहकार बन्ने घोषणा गर्नुभएको छ ।

मरिनले टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जमा रणनीतिक परामर्शदाता नियुक्त भएको बताउनुभएको छ ।

“म फिनल्याण्डका लागि अन्य क्षमतामा पनि काम गर्न सक्छु । यो यस्तो काम हो जुन मलाई लाग्छ कि फिनल्याण्डलाई समग्र रूपमा फाइदा हुनेछ,” उहाँले पत्रकारसँग भन्नुभयो ।

मरिनले भन्नुभयो, “म सँग परिचित नीतिगत विषयमा विभिन्न देशका सरकार र नेताहरूलाई सल्लाह दिनेछु ।”

सञ्चारमाध्यमले ‘रक स्टार प्राइम मिनिस्टर’ को संज्ञा दिएकी मरिनले फिनल्यान्डको आम निर्वाचनमा आफ्नो असाधारण लोकप्रियतालाई निरन्तरता दिन सक्नुभएको थिएन ।

त्यसपछि मरिनले पार्टी नेतृत्वबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीका रूपमा आफ्नो चार वर्षे कार्यकालमा असर परेको स्वीकार गर्दै उहाँले भन्नुभएको थियो, “कहिलेकाहीं मेरो आफ्नै सहनशीलताको परीक्षण भएको छ ।”

अत्यन्त लोकप्रिय नेता भए तापनि मरिन आफ्नो निजी जीवनसँग सम्बन्धित घोटालाहरूमा फस्नुभएको थियो, जसले उहाँको प्रतिष्ठालाई ध्रुवीकरण गरेको थियो ।

अगष्ट २०२२ मा, मरिनले फिनल्याण्डका सेलिब्रेटीहरूको एक समूहसँग पार्टी गरेको सामाजिक सञ्जालका भिडियोहरू लिक भएका थिए जसले गर्दा उहाँलाई गलत कामको शङ्का हटाउन लागुऔषध परीक्षण गर्न प्रेरित गरेको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button