तपाईँ सुन्दै हुनुहुन्छः

निजामती विधेयक, २०८० संसदमा पेश गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी विधेयक २०८० संसदमा पेश गर्ने निर्णय गरेको छ ।

file photo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी विधेयक २०८० संसदमा पेश गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अन्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले शिक्षा ऐनलाई संसदमा पेश गर्ने तथा निजामती सेवाका ४० जना कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली २०८० स्वीकृत गरेको र स्वास्थ्य क्षेत्रको लैङ्गिक सामाजिक समावेशीकरण रणनीति २०८० पनि स्वीकृत गरेको पनि मन्त्री शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button