तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा यसवर्ष पनि गाईजात्रा मनाउने तयारी

बाँके । ‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौँ’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष जस्तै यसवर्ष पनि नेपालगञ्जमा गाईजात्रा मनाइने भएको छ ।

नेवा: पुचः बाँके आयोजक र नेवा: देय् दबू बाँके सह–आयोजनामा भदौ १४ गते गाईजात्रा मनाउन लागिएको हो । नेपालगञ्जमा भव्य गाईजात्रा मनाउन बाँकेमा रहेका १० गुठीहरूको संयुक्त आयोजनामा गाईजात्रा हुने नेवाःपुचः बाँकेका सचिव विवेक कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

गत साउन २७ गते नै कार्यसमिति गुठीहरू पार्षद्, मृतक परिवारहरूको बैठक र नेवाःपुचः बाँकेको कार्यसमितिको बैठकले नेपालगञ्जमा भदौ १४ गते गाईजात्रा धुमधामका साथ मनाउने निर्णय भएको श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठका अनुसार भदौ १४ गते भेरी इङ्लिस बोर्डिङ स्कुल धम्बोजीमा जम्मा भई र्‍याली शुरु हुने र र्‍यालीले नेपालगञ्ज नगर परिक्रमा गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button