तपाईँ सुन्दै हुनुहुन्छः

विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको आज बसेको बैठकले क्षमता अनुसार संसद्को विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै संसद्को विषयगत समितिको सभापतिमा उम्मेदवार बनाउने र अन्य समितिहरूमा आन्तरिक गृहकार्यमा जुट्ने तथा कसलाई कुन समितिमा उम्मेदवार बनाउने भने टुङ्गो लाग्न नसकेको बताउनुभयो ।

तीन जना भएको समितिहरूमा उम्मेदवारी दिने गरी तयारी थालिएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रमुख सचेतक परियारले संसदमा पार्टीले दर्ता गरेका सङ्कल्प र सार्वजनिक महत्वका प्रस्तावको विषयहरूलाई संसदमा अगाडी बढाउने संसदीय दलको बैठकले निर्णय गरेको बताउनुभयो ।

आगामी दिनमा रास्वपा पार्टीले संसदमा प्रभावकारी र गतिशिल भूमिका निर्वाह गर्ने गरी अगाडी बढ्ने समेत उहाँले बताउनुभयो ।

भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button