तपाईँ सुन्दै हुनुहुन्छः

दमौली नजिक कन्टारमा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

दमौली । तनहुँको दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर ५ कन्टारस्थित पृथ्वी राजमार्गमा सडक भासिएको छ । 

अहिले उक्त  सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ । दुई तर्फी सवारी साधान आवतजावत पूर्ण बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

बुधबार साढे १२ बजेको समयमा उक्त स्थानमा सडक भएको हो । चाइनिज कम्पनीसँग समन्वय गरी भासिएको सडक मर्मत गरी सवारी साधन सुचारुको लागि पहल भएको प्रहरीले जनाएको छ । 

यता स्थानीयले भने निर्माण कम्पनीको चरम लापरवाहीले सडक भासिएको आरोप लगाएका छन् । 

अविरल वर्षाको कारण पृथ्वीराजमार्गको दमौली- गुणादी खण्डको  कन्टारस्थित कटहरे खोल्सा र माथि खहरे खोल्सादेखीको नाला भई आउने पानी पहिरोका कारण टालिएर सडक भत्किएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button