तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको छ । 

गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटारमा प्रधानमन्त्री दाहालले फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, गोरखा र धादिङका सांसदहरूको सहभागिता रहेको थियो । 

फिल्ड कार्यालय उद्घाटन गर्नुअघि प्रधानमन्त्री दाहालले बुढी गण्डकी जलविद्युत निर्माण क्षेत्रको निरीक्षण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button