तपाईँ सुन्दै हुनुहुन्छः

फिर्के खोलाको पुरानो आकार खोज्न सुरु

कास्की । पोखरा महानगरपालिकाले अतिक्रमणको चर्को चपेटामा परेको फिर्के खोलाको पुरानो आकार खोज्न सुरु गरेको छ । 

फेवातालमा मस्सिने फिर्के खोलाको गाईघाटदेखि खोला घरको सिमाना छुटाउन महानगरले फिर्ता लिँदै फिर्की खोलाको सिमानामा पिल्लर राख्न सुरु गरेको छ । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पहिलो हप्तामा खोला घरको पहिचान गरेर पिल्लर राख्ने त्यसपछि तीन महिनाको समय दिएर खोला अतिक्रमण गरेर निमार्ण गरिएका संरचना हटाउन समय दिने बताउनुभयो । उहाँले कार्यपालिको बैठकले पहिलो चरणमा खोलाको पहिचान गर्ने मापदण्ड बारे पछि निर्णय गर्ने बताउनुभयो ।

मेयर आचार्य जिल्ला कारागार वडा प्रहरी कार्यालय उपत्यका नगर विकास समितिको कार्यालय लगायतका सरकारी कार्यालयले अतिक्रमण गरेको रहेछ भने पनि डोजर लगाएर हटाइने बताउनुभयो ।  

उहाँले व्यक्तिगत कार्यालयले समेत फिर्केमा सिधैँ सेप्टिक ट्याङ्कीको ढल मिसाएको प्रति ढल हटाउन पत्राचार गरिसकेको र नहटाए कारबाही गरिने चेतावनी दिनुभएको छ ।

प्राविधिक वासुदेवको पौडेलको नेतृत्वमा गठित समितिले आजदेखि खोलाको पुरानो बाटो खोज्ने थालेको हो । 

पौडेलका अनुसार पुराना नक्सा र पछिल्ला नक्सा भिडाउँदा फिर्की खोला धेरै नै अतिक्रमणमा परेको बताउनुभयो ।

फिर्के सिमाङ्कन समितिका संयोजक वासुदेव पौडेलले बर्खा यामको समयमै खोलाको आकार खोज्न थालिएकाले प्रतिवेदन आउन केही ढिला हुने जानकारी दिनुभयो । पटक पटक राजनीतिकरण हुँदै आएको फिर्के खोलाको मापदण्ड तोक्न २०७४ मै अभियान थालिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button