तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा विस्तारको तयारी

जनकपुरधाम । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आइतबारदेखि थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालन हुने रेल सेवाको शुभारम्भ नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्नुहुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको १७ किलोमिटर भागको निर्माण सकेको भारतको ईर्कान कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेपछि असार ३१ गते आइतबारदेखि सो भागमा रेल सञ्चालन हुन लागेको हो । करिब ६ अर्ब भारतीय रकममा ब्रोडगेज रेलको भौतिक संरचनाहरूको निर्माण भएको छ ।

कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो । यस अघि जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालित रेल मार्गको लम्बाई ३५ किलोमिटर रहेको छ ।

जनकपुरधामबाट अब तीन पटक जयनगर तथा जयनगरबाट ३ पटक जनकपुरधामका लागि रेल सञ्चालन हुने महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button