तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूले लम्पी स्कीन रोगबाट पशुचौपायाहरु सङ्क्रमित हुँदै गएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केही महिनादेखि लम्पी स्कीन रोगको प्रकोपबाट पशुचौपायाहरु सङ्क्रमित हुँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले गत फागुन महिनादेखि हालसम्म आठ लाख पशुचौपायाहरु लम्पी स्कीन रोगबाट सङ्क्रमित भएको र २७ हजार चौपायाहरूको मृत्यु भएकोले सरकारले उपचार, खोप र औषधीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

बैठकमा सांसदहरूले जातीय विभेदका घटनाहरू बढ्दै गएकोले सचेतना कार्यक्रमहरू गर्नुपर्ने र जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ लाई निर्भिक कार्यान्वयनका लागि जोड दिनुभयो । 

मिटरब्याज अध्यादेश आउनुपर्नेमा जोड दिनुहुँदै सांसदहरूले फास्ट ट्र्याकबाट मिटरव्याजका पीडितहरूलाई न्याय दिलाउने पक्ष सरकार उभिनुपर्ने बताउनुभयो । 

किसानहरूको समस्यालाई समाधान गर्न सरकारले तदारुकता देखाउनुपर्ने र सिचाँईको व्यवस्था मिलाउन सरकार गम्भीर भएर लाग्नुपर्ने सांसदहरूले जोड दिनुभयो । 

ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताहरुलाई पनि समातेर छानबिन गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो । 

केही दिनयता अविरल वर्षाका कारण आएको बाढीले गर्दा सर्वसाधारणहरूको घरहरू डुबानमा परेका हुनाले सरकारले राहत र उद्धारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधिसभाको बैठक जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button