तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख भएको बताउनु भएको छ  ।

मङ्गलवार संसद्को अर्थ समितिमा बोल्दै अर्थमन्त्री डा. महतले  अर्थतन्त्र सुधार उन्मुख भए पनि समस्यामुक्त भइनसकेकोे बताउनुभयो । 

उहाँले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन र समय समयमा समस्या आइरहन्छन् तर समाधानको बाटो पहिल्याउँदै जानुपर्छ भन्नुभयो ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालयले समन्वयकारी भूमिकाका साथ केही ठाउँमा अगुवाइ पनि गरेको बताउनुभयो ।

‘राजस्व उठ्ने विषयमा समस्याहरू देखिएको भए पनि प्रगति भएको र राजस्व सङ्कलनको संशोधित लक्ष्यले निर्धारण गरे अनुसार उठाउन नसके पनि प्रगति भएको बताउनुभयो । 

‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार नउठे पनि गैरकर गत वर्षभन्दा ११ दशमलब ८८ प्रतिशत बढी उठेको अर्थमन्त्रीले बताउनुभयो ।  

आउँदो वर्ष नेपालको अर्थतन्त्र चलायमान हुने सङ्केतहरू देखिन थालेको भन्दै मन्त्री डा. महतले समय सीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीहरूलाई निर्देशन गरेको उल्लेख गर्नु भयो । 

नेपालले क्षमताभन्दा बढी सामाजिक सुरक्षामा खर्च गरेको तर त्यसबाट पछाडि फर्किन सक्ने अवस्था नरहेको अर्थमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button