तपाईँ सुन्दै हुनुहुन्छः

गौशाला नगरपालिकाले ५ दिन विलम्ब गरि ल्यायो ९० करोड भन्दा बढीको बजेट

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाले आर्थिकवर्ष २०८०र०८१ को लागि ९० करोडभन्दा बढीको बजेट ल्याएको छ । शुक्रवार निर्धारित कार्य तालिकाभन्दा ५ दिन विलम्ब गरि गौशाला नगरपालिकाले आयोजना गरेको १० औँ नगरसभाकाबीच ९० करोड ७६ लाख २० हजार रकम बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।

आर्थिकबर्ष २०८०/०८१ का लागि वार्षिक बजेट योजना तथा नीति कार्यक्रम नगरपालिकाको तर्फबाट मेयर डा। दिपेन्द्र महतोले सार्वजनिक गरेका थिए ।  नगरप्रमुख डा. महतोले सार्वजनिक गरिएको बजेटमा आन्तरिक स्रोततर्फ १९ करोड ६६ लाख ७५ हजार, राजश्व बाँडफाँडतर्फ २० करोड २२ लाख १९ हजार, वित्तीय समानीकरण अनुदानबाट १७ करोड २६ हजार, सशर्त अनुदानबाट २८ करोड ९७ लाख, विशेष सम्पुरकबाट ४ करोड ९० लाख उल्लेख रहेको छ ।

आर्थिकबर्ष २०८०/०८१ को बजेट विनियोजन कार्यक्रममा गौशाला नगरपालिकाका उपमेयर रेणु महतो अनुपस्थित रहेका थिए । काम विशेषले बाहिर रहेको उपमेयर महतो नगरसभामा अनुपस्थित रहिन् । स्थानीय पालिकाले अनिवार्य रुपमा शिक्षा र कृषिमा जोड दिए मधेश प्रदेशको समृद्धि सम्भव रहने जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

शुक्रवार गौशाला नगरपालिकाको १० औँ नगर सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष यादवले पालिकाले ल्याउने वार्षिक योजना तथा नीतिमा शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पुर्वमन्त्री हरिनारायण यादवको उपस्थित रहेको थियो । गौशाला नपाको आ. व. २०८०(०८१ को नीति तथा कार्यक्रममा बजेट सम्बन्धि  वक्तव्य राखेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button