तपाईँ सुन्दै हुनुहुन्छः

जसपाको विधान अधिवेशन सुरु 

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आजबाट सुरु भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आजबाट सुरु भएको पार्टीको विधान अधिवेशन असार १२ गतेसम्म चल्ने छ । अधिवेशनले पार्टीलाई गतिशील र चलायमान बनाउन मद्दत गर्ने जसपाले जनाएको छ । 

अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । असार ११ गते सोमवार सहभागी भएका प्रतिनिधिहरूलाई समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । 

असार १२ गते मङ्गलवार विधानमाथि पार्टीका नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

विधान अधिवेशनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा नेताहरू अशोक कुमार राई, राजकिशोर यादव, प्रकाश अधिकारी, रेणु यादव, लालबाबु राउत लगायतका मुलुकभरबाट एक हजार]भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button