तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक बाख्रा पालनमा आकर्षित गर्न किसानलाई बाख्रा वितरण

बाजुरा। बाजुरामा पशुपालक किसानलाई व्यावसायिक बनाउन बाख्रा वितरण गरिएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा द्वारा शुक्रवार बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा बाख्रा वितरण गरिएका हुन्।

भेटेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको आर्थिक बर्ष ०७९/०८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा ब्लक तथा दलित टोल बाख्रा पालन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई बाख्रा वितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका अधिकृत सिद्धराज जैशिले बताउनु भयो।

किसानलाई व्यावसायिक बाख्रा पालनमा आकर्षित गराइ प्रोत्साहित गराउन बडिमालिका ५ का १ सय ५० जनालाई प्रतिव्यक्ति एक का दरले उन्नत जातका ३ ओटा बोका सहित १सय ५०बाख्रा वितरण गरिएको पशु सेवा विज्ञ केन्द्र बाजुराका प्राविधिक जगत थापाले बताउनु भयो। बाख्रा उपलब्ध भएपछि किसानहरू निकै उत्साहित भएका छन्।

व्यावसायिक बाख्रा पालन व्यवसायमा लाग्न आफूहरूलाई सहयोग प्राप्त भएकोले अब आफूहरू व्यावसायिक रुपलेनै बाख्रा पालनमा लाग्ने किसानहरूको भनाइ रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button