तपाईँ सुन्दै हुनुहुन्छः

अपमानित भएपछि थर परिवर्तन गर्ने कुमाल जाति बढे

ताराखोला बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा रहेका २ सय घर धुरी कुमाल जातिले आफ्नो थर प्रति अपहेलना भएको भन्दै थर परिवर्तन गर्ने क्रम बढेको छ ।

कुमाल जातिले आफ्नो थर कुमाल प्रति अपहेलित महसुस गरि विगत देखि न‌ै थर परिवर्तन गरि राना र थापा लेख्दै आएका छन् । सो क्रम अहिले पनि जारी रहेको स्थानीय युवा तथा शिक्षक झलक थापा कुमालले बताउनुभयो ।

ब्राह्मण समाजमा बसेकोले विभिन्न कार्यक्रम र सभा ,भोज भतेरमा सँगै बस्न खान नमान्ने,सदरमुकाम तिर कोठा नपाउने जस्ता समस्या भएपछि जात फेर्नु परेको झलककाे भनाई छ।

कुमाल समुदायले विगत देखि नै माटोको भाडा निर्माण गरेको भएपनि समाज समाजले उक्त काम गर्नेलाई अपहेलना गर्दै आएको छ ।२०४४/४५ सालमा बागलुङ जिल्ला प्रशासनले जात परिवर्तन गर्ने सूचना जारी गरेपछि थर परिवर्तन गर्ने कुमालको सङ्ख्या बढेको वडा नं २ का वडा अध्यक्ष ढाल प्रसाद शेरचन ले बताउनु भयो।

बडिगाडमा करिब २ सय बढी घर धुरिमा कुमाल जातका १ हजार बढीको बसोबास रहेको र त्यी मध्ये ८० प्रतिशतले थर परिवर्तन गरेको वडा वडा अध्यक्ष शेरचनको भनाई छ ।

वडा बाट कुनै पनि बजेट अल्पसङ्ख्यक कुमाल जातिलाई लक्षित गरेर छुट्याउदा पनि अन्य जातिले विरोध गर्छन् । थर परिवर्तनको कारण कुमाल जातिले आफूले पाउने अधिकार समेत वञ्चित भएका छन् ।” गर्ने वडा अध्यक्ष शृरचनले भन्नुभयो ।

माटोको भाडाबाट जीविका पार्जन गर्ने कुमाल जाति आजभोलि माटोको भाडाको माग नभएको र जीवन धान्न धाै भएपछि उक्त पेशाबाट बाहेक भएको स्थानीय वृद्धा श्याम कुमालले बत्ताउनुभयो ।

कुमाले जाति आर्थिक रुपमा गरिब,भूमिहीन र अशिक्षित भएपनि उनीहरूको सिपको शशी सदुपयोग गर्ने र प्रवर्द्धन गर्ने कार्यमा स्थानीय निकाय र सरकार समेत चुकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button