तपाईँ सुन्दै हुनुहुन्छः

जानकी गाउँपालिकाले ल्यायो ४६ करोडको बजेट

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ का लागि जानकीले ४६ करोड १० लाख ८९ हजार ६१६ रुपैयाँको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्नुभएको थियो । सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएको छ । शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ छुट्टाइएको छ । यस्तै स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ कुल २० करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ जानकीले १ करोड ६९ लाख पचास हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि शाखाका लागि ४१ लाख ५० हजार रुपैयाँ छुट्टाइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । यस्तै पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख, वन वातावरण तथा विपततर्फ छब्बिस लाख र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसअघि जानकी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । १४औँ गाउँ सभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । गाउँपालिका अध्यक्ष छब्बन खाँले तोकेका कार्यपालिका सदस्य एवम् प्रवक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास, पर्यटन प्रबद्र्धन, योजनाबद्ध सहरीकरण र बस्ती विकासलाई प्राथमिकता दिइएको छ । गाउँसभाको समापन अध्यक्ष छब्बन खाँले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button