तपाईँ सुन्दै हुनुहुन्छः

इस्लामाबादमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

काठमाडौँ । सगरमाथा आरोहणको ७० औँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२३ का अवसरमा इस्लामाबादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारी, पत्रकार र नेपालका मित्रहरूको उपस्थितिमा कार्यक्रमको आयोजना गरी मनाएको छ ।

त्यस अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सगरमाथा दिवसको महत्त्वका बारेमा २९ मे १९५३ को सगरमाथाको प्रथम सफल आरोहणले पर्वतारोहणमा एक नयाँ आयाम थपेको र तत्पश्चात् हजारौँ पर्वतारोहीले सगरमाथा आरोहण गरेको बताउनुभयो । उहाँले नेपाल सरकारले पर्वतारोहणका सम्बन्धमा लिएका नीति, कार्यक्रम र पर्वतारोहण एवं साहसी पर्यटन र नीतिका बारेमा जानकारी दिनुभयो ।

उहाँले हालै सगरमाथा आरोहण गर्नुभएका पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाई दिँदै उहाँहरूको आगामी पर्वतारोहण र साहसी खेल एवं पर्यटन अभियानको सफलताको कामना समेत गर्नुभयो ।

कार्यक्रममा पर्वतारोही मिङ्ग्मा जी शेर्पा, दावा शेर्पा, सरवाज खान, नयला कियानी र साजिद अलि साद्पाराले नेपालमा पर्वतारोहणको आ–आफ्नो अनुभव सुनाउँदै पर्वतारोहण अभियानमा नेपाल सरकार र जनताबाट प्राप्त सहयोगप्रति आभारी रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button