तपाईँ सुन्दै हुनुहुन्छः

कजाकस्तानको जङ्गलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु

अस्ताना, कजाकस्तान, (एएफपी) : उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार अपरान्ह् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुल १४ जनाको शव फेला परेको छ । डढेलोका कारण एक लाख ४८ हजार हेक्टर जमिन जलेपछि फसेका वन सुरक्षाका लागि खटिएका अधिकारीहरूको खोजी भइरहेको छ ।”

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पु¥याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन अवस्थाका मन्त्री युरी इलिनलाई बर्खास्त गर्नुभएको छ ।

डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी भएका छन्, जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन् ।

विशाल पूर्व सोभियत राष्ट्रका स्थानीय अधिकारीहरूका अनुसार बिहीबार चट्याङ लागेर आगलागी सुरु भएको थियो।

घटनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तोकायेभलाई एक सन्देश लेख्दै समवेदना प्रकट गर्नुभएको छ भने अन्य मुलुकका नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button