तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम टेबुल

file photo

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम टेबुल गर्नुभयो । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको बुधवारको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी प्रदेश सभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा प्रदेश प्रमुख देवराज जोशीलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकमा प्रदेश सभा सदस्य प्रकाश रावलले धन्यवाद ज्ञापन गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । सभामुख भीमबहादुर भण्डारीले बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नु हुँदै सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । 

प्रदेश सभाको अर्को बैठक शुक्रवार बिहान ११ बजे कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button