तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : पूर्व राज्यमन्त्री पाण्डेको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य तथा पूर्व राज्यमन्त्री मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

वि.स २००८ सालमा जन्मनुभएका पाण्डे नेपाली काँग्रेसबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य साथै महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री समेत रहनुभएको पाण्डेको यही जेठ १६ गते भएको निधनप्रति सभाले शोक व्यक्त गरेको हो । 

सभामा प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटपछि बसेको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजका बैठकका कार्यसूची हटाउँदै भोलि १ः००बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button