तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय योजना आयोगले पूर्णता पायो     

काठमाडौँ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । 

आयोगका नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले आज पद तथा गोपनीयताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । 

नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । 

महिला सदस्यको रुपमा ढुङ्गानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । 

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा.श्रेष्ठले पद बहाली गर्नुभएको थियो । यसअघि, आयोगको सदस्यहरु डा.रामकुमार फुयाँल, डा.जयकान्त राउत, डा.प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसक्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button